Thursday, December 6, 2012

Love talk -उम्रिदैका ३ पाते हरु को LOVE गफ

उम्रिदैका ३ पाते हरु को LOVE गफ

Boy:- “खाना खायौ ?”
Girl:- “खाएँ !”
Boy:- “के के खायौ ?”

Girl:- “अँ……भात, अनि तरकारी,अचार
अलिकति घ्यु पनि”
Boy:- “ओहो !! घ्यु
पनि खा’को आज ?”
Girl:- “खाइदेको नि !! मोट्टाउनु
परो नि अलिअलि !”
Boy:- “के को तरकारी खायौँ ?”
Girl:- “काउली अनि साग !”
...Boy:- “मलाई त
काउली कस्तो मिठो लाग्छ । साग चैँ
रायोको मात्रै मनपर्छ । अरू चैँ
खासै मनपर्दैन ।”
Girl:- “तोरीको साग पनि मनपर्दैन ?”
Boy: -“ठिकै लाग्छ !”
Girl:- “मलाई त एकदमै मिठो लाग्छ ।”
Boy:- “त्यसोभए आजदेखि मलाई
पनि मिठो लाग्न थालो तोरीको साग
।”
(मायाले
भरिएकोजस्तो हाँसौ दुईतिरैबाट ;कति छिटो इच्छा फेर्छ
मायाले ।)
Girl:- “अनि सुन न । त्यो ****ले त
मलाई
अस्ति कस्तो जिस्कायो नि बाटोमा ।”
Boy:- “अब गयो त्यो । ** !
मेरी बुढि जिस्काउने ?”
Girl:- “भईहालो नि त । छोड्देऊ ।
कहिलेकाहिँ त्यस्तै भईहाल्छ नि ।
झगडा चैँ
नगर है प्लीज !”
Boy:- ” ल ल । एकपटक चैँ सम्झाईहेर्छु
नि त ।”
Girl:- “पर्दैन भन्छु झन् ।
अबदेखि कहिल्यै
भन्दिनँ त्यसोभए यस्तो कुरा !”
Boy:- “लु त लु केहि भन्दिनँ । अब
खुसी ?”
Girl:- “अँ………….”
(कति छिट्टै
आवेशमा ल्याइदिन्छ,कति छिट्टै
शान्ति पनि पारिदिन्छ मायाले )
Girl:- “मैले आज कुस्तो खालको ईयर
रिङ्
लगाको थिएँ भन त ।”
Boy:- “अँ………………खैरो..
झुम्कावाला ।”
Girl:- “जे पायो त्यहि ।
मेरो केहि कुरा विचार
गर्दैनौ तिमी त !”
Boy:- “त्यसो होइन,
हिजोको कि आजको हो झुक्किएछु
नि त । के
लाकि थियौ भन्देऊ न त ।”
Girl:-
“त्यो कालो टप होइन ?”
Boy:- “ए….हो त !!
कस्तो बिर्सेको मैले ।”
Girl:- “देखेऊ !! म भन्छु
नि तिमी मेरो केहि कुराको विचार
गर्दैनौ भनेर ।”
Boy:- “सरी नि त… भईहालो नि !!!
अबदेखि सबै कुरा विचार गर्छु नि…
हस् ?”
Girl:- “हस्…...म मख्ख परेँ
।” (कति छिटो झगडा र
कति छिटो मिलान पारिदिन्छ
मायाले )
Girl:- “तिमीले मलाई
बिर्सिन्छौ होला तर पछि….”
Boy:- “त्यस्तो गर्छु
होलाजस्तो लाग्छ ?”
Girl:- “त्यो त लाग्दैन…
त्यहि पनि नि **को जात् !”
Boy:- “अझै पनि शंका गर्छौ मलाई ?”
Girl:- “अलिअलि लागेर
पो सोधेको त !”
Boy:- “अबदेखि पुरै हटाइदेऊ न त….म
सधैँ
हुन्छु नि तिम्रो लागि । हस् ?”
Girl:- “हस् !
…..” (मिठ्ठो हाँसोको साथ )
(कति छिट्टै शंका अनि कति छिट्टै
निवारण पनि खोजिदिन्छ मायाले )
.
.
.
त्यतिकैमा टूंट टूंट आवाज आउँछ
मोबाइलमा...
(कति छिट्टै १०० रुपियाँको ब्यालेन्स
सकिदिन्छ मायाले)

ads
Powered by Blogger.