Sunday, September 30, 2012

कागले भन्यो: साले कुक्कुर

शेरे सोल्टाको घरको कौसीमा एउटा कागले मासुको चोक्टो मुखमा लिएर बसिरहेको रैछ . तल बसेको शेरेको कुकुरले यो देखेछ ... मासु देख्ने बित्तिकै उसको मुखमा रालको बाढी नै आएछ... . अब कसरी त्यो मासु फुत्काएर आफू खाने होला भनेर दिमाग लाउन थालेछ, शेरेको कुकुर न हो आइडिया फुरीहालो नि ... ३ कक्षामा पढेको काग र फ्याउरोको कथा याद आएछ . तलबाट कुकुरले भन्न थाल्यो: आहा काग भाइ तिमी त कति हेन्डसम, तिम्रा प्वाख कति मुलायम, तिम्रोहेराई झन् कति सेक्सी, अनि तिम्रो चुच्चो त झन् कोहिनूर हिराजस्तो, तर एउटै दुखको कुरा तिम्रो त बोली नै रुखो, तिमी गीत गाउन चैं सक्दैनौ !!!! . कागले कुरो बुझिहाल्यो, साले शेरेको कुक्कुर यो मासुको चोक्टो खानलाई यो सब नौटंकी गर्दैछ भन्ने कुरो . कागले भन्यो: साले कुक्कुर यो मासुको चोक्टो खानलाई यो नौटंकी गर्दैछस्, यो कथा त मैले ३ कक्षामै पढिसकेको, झुक्याउन नखोज.... . कागले के यति भनिसकेको थियो, मासुको चोक्टो झरी त हाल्यो, टपक्क टिपेर कुकुरले मुख मिठ्याउँदै खायो अनि भन्यो.... . "हो रैछ काग भाइ तिमीले पढेको रैछौ, पत्याएँ मैले" . Moral: पढेको छु, बुझेको छु भन्नु मात्र ज्ञान होइन, पढेको जानेको कुरो ब्यवहारमा उतार्नु नै वास्तविक ज्ञान हो

ads
Powered by Blogger.