किस्ताबन्दीमा माया तिम्रो मन पराउने मै हु,
तिम्रो कुटिल मन्द मुस्कानमा डराउने मै हु।
दिन रात किन आउँछ तिम्रै याद मलाई,
तिम्रो सम्झनामा सधै भरी हराउने मै हु ।
समिप्यता नभए नि दिन काट्न गारो हुँदा,
सम्झि राति सपनि मा बरबराउने मै हु।
जादै गर्दा एक्लै कतै गोधुलि त्यो साँझमा,
लुक्दै तिम्रो पछि लाग्दै___ कराउने मै हु।
माया गर्नेहरुको मन दुखाउनु हुन्न भनि
दुबै परिवारलाई राजी खुशि गराउने मै हु।
Copyright
@मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही