Thursday, August 2, 2012

नयाँ रमाईला नेपाली उखानहरूः



1. राजाको काम चारैतिर बदनाम
2. बादरको पुच्छर टाई न इँजार
3. तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
4. कलिवुडको जात्रा तिघ्राको व्यापार।
5. सीतैंमा पाये भट्टि रीत्तै ।
6. के खोज्छस् नेता ? कुर्सी ।
7. घाँटी हेरी हाइनेक किन्नु ।
8. रातभरि सराप्यो महाजन त जिउदै।
9. जोगीको घरमा हिप्पी पाहुना ।
10. एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
11. भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
12. जँहा केरा उहिँ मदिसे को देरा ।
13. रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो।
14. मुर्ति चोर लाई पशुपति नगुहेश्वरी ।
15. बाहुन को टुप्पी एन्टेना न एरियल ।
16. कस्ता कस्ता आन्दाेलनमा गएन पत्याउनेहरु घरमा ।
17. Which Bull No Horn, That Bull Horny (जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।)
18. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
19. खाई न पाई दौरामाथि टाई ।
20. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
21. आजकालका केटी स्टाइलको भारीटाउकोमा भने डिस्को गर्नेजुम्राको ढाडी ।
22. आमा बाबुलाई समस्या टार्न गार्हो छोराछोरीलाई भने स्टाईल नै प्यारो
23. श्रीमती कति बाठीबोका स्टाईलको केश काटी
24. तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
25. प्रेमिकाले छोडेको कहिले कहिले लभलेटर लेख्छन् आहिले
26. घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
27. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।
28. आमा पनि ब्युटी छोरि पनि ब्युटी बाउले गर्नु पर्ने चुलाको ड्युटी
29. जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
30. प्रशासनमा घुसखोरी जनता बोल्दैनन् मुख फोरी ।
31. जेठी बुढीको राम्रो कुरा तितो कान्छीको चाहिँ झटारो नै मिठो ।
32.स्वाश्निको कुटाई खाको लोग्ने चुरा बज्दा तर्सिन्छ ।
33.भीरबाट हाम्फाल्ने गोरुलाई अल द बेस्ट ।
34.साईन्स पढेर फुर्ती लडायो जाचँमा भने पाँच ओटै लगायो ।
35.जुन जोगी आए पनि अगुल्टाले झोस्दै खेद ।

ads
Powered by Blogger.