
घरमा पालिएको सुँगुरले एक महंगो मेसिन बिगारिदिएको रिस फिलिपले आफ्नी श्रीमतीमाथि पोखेका रहेछन् । सुँगरलाई राम्ररी नहेरेको भन्दै उनले किचनमा रहेको अस्टि्रचको बडेमाको अण्डाले स्वास्नीलाई हिर्काएछन् । श्रीमतीलाई सुँगर नपालौँ भन्दाभन्दै सुँगुर पालेको र अझ उक्त सुँगुरले महंगो मेसिनलाई कुल्चेर बिगारिदिएपछि उनको रिसले सिमा ननाघ्ने कुरै भएन ।
सुरुमा उनले स्वास्नीलाई गाली गर्दै थुकेछन् र रिस अझै नमरेपछि तिन पाउण्डको अण्डाले हिर्काएछन् । अण्डाको चोट खाएपछि श्रीमती सामान्य घाइते बनिन् । उनले घरेलू हिंसाको उजुरी प्रहरीमा दिइन् । उजुरी मुताविक फिलिपलाई अदालतमा मुद्दा चल्यो र अन्ततः ६ महिनाको जेल सजायँ सुनाइयो ।