Saturday, September 15, 2012

सेक्स गर्नु भन्दा गोलीगाँठो कन्याउँदा बढि मज्जा


विश्वमा अरु विषयमा जस्तै सेक्सका विषयमा पनि रोचक तथ्य तथा प्रसँगहरु थपिइरहन्छन् ।
मान्छेले सेक्समा पनि विभिन्न किर्तिमान कायम गर्छन् । केही रोचक अध्ययन तथा सर्भेक्षण पनि हुने गर्छन् जसले सेक्सका विषयमा अनौठा तथ्य बाहिर ल्याउँछन् ।
हामीले यहाँ सेक्सका विषयमा केही नयाँ तथा अनौठा तथ्य पस्केका छौँ ।
१. एक विश्वव्यापी अध्ययनले विश्वका मानिसहरुले वर्षमा औषतमा १ सय ३ पटक सेक्स गर्ने गरेका देखाएको छ । एक संस्थाले गरेको विश्वव्यापी सर्भेक्षण अनुसार विश्वका मानिसले हप्तामा औषतमा झण्डै २ पटक सेक्स गर्छन् यो भनेको दैनिक ०.२८ पटक हो ।
२.टर्कीमा गरिएको एक अध्ययनले मोटा पुरुषहरु सेक्सको बेला धेरै समयसम्म टिक्छन् । अध्ययन अनुसार मोटा पुरुषहरु सम्भोगका बेला औषत ७.३ मिनेटसम्म टिक्छन् भने दुब्लापातला हरु १ सय ८ सेकेण्डमै लल्याक् लुलुक् हुन्छन् ।
३. पछिल्लोपटक गरिएको एक अध्ययनले गर्भवती महिलाहरुलाई बिहानपख लाग्ने वाकवाकीको उत्तम उपचार भनेको मुखमैथुन हो । जो महिलाले गर्भवती भएको बेलामा श्रीमानसँगको सम्भोगका बेला मुखमैथुन गर्छन् उनीहरुमा वान्ता हुने समस्या कम हुन्छ ।
४. सेक्स गर्दा टाउको दुख्छ भन्ने गलत धारणा छ । तर अनुसन्धानकर्ताहरुका अनुसार सेक्स गर्दा टाउको दुख्ने नभइ सेक्स आफैमा टाउको दुखाइको अचुक उपचार हो । सेक्सका बेला सरीरमा उत्पन्न हुने सेरोटोनिन नामको हर्मोनले टाउको दुखाइ कम गर्छ ।
५.गोलीगाँठो कन्याउनु सेक्स भन्दा पनि आनन्ददायी हुने अमेरिकामा गरिएको अध्ययनले देखाएको छ । नर्थ क्यारोलिना विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार गोलीगाँठो कन्याउनु सबैभन्दा आनन्ददायी काम हो । यदि गोलीगाँठो चिलाएको बेला कसैले कन्याइदिन्छ भने त्यसरी कन्याएबाट पाइने आनन्द वा सन्तुष्टी यौन सुख भन्दा पनि बढि हुन्छ । यसअघि ढाडमा कन्याउनु सबैभन्दा बढि आनन्ददायी हुने धारणा रहेको भएपनि अध्ययनले ढाडमा नभै गोलीगाँठोमा कन्याउनु सबैभन्दा बढि आनन्ददायी रहेको पुष्टि गरेको हो ।
६. पुरुषलाई हरेक सात सेकेण्डमा सेक्सका बारेमा सोँच्ने गर्छ । तर पुरुषले सेक्सका बारेमा जति धेरै सोँच्छन् उति नै धेरै खाने तथा सुत्ने बारेमा पनि सोँच्ने गरेका हुन्छन् । जबकी महिलाले सेक्सका बारेमा पुरुषले भन्दा कम मात्र सोँच्छन् ।
७. औँलाको लम्बाइले मान्छेको लिंगको लम्बाइ पत्ता लाग्छ । एक अध्ययनले के देखाएको छ भने चोर औँला र साहिँली औलाको लम्बाइ बराबर हुने पुरुषको लिंग तुलनात्मक रुपमा छोँटो हुन्छ भने यी दुइ औँला मध्ये साहिँली औँला लामो हुनेको लिंग लामो हुन्छ ।
८. आजकल महिलाहरुले यौन सन्तुष्टिका लागि प्रयोग गर्ने कृत्रिम यौन खेलौना भाइब्रेटर १९ औँ सताब्दीमा महिलाको हिस्टेरिया रोगको उपचारमा प्रयोग गरिन्थ्यो ।

ads
Powered by Blogger.