Thursday, March 17, 2011

Nepali Jokes

एक नेताको बानी कस्तो थियो भने आफूले सामान्य कुरा भनेपनि उनलाई 'कत्ति न ठूलो कुरा भनेँ' जस्तो लाग्थ्यो । त्यसमाथि कार्यकर्ताले ताली बजाइदिएपछि त उनी झन् उक्सिन्थे ।

नेता भन्थे, 'आदरणीय जनसमुदाय, वर्षा भएन भने मौसम सुक्खा हुन्छ ।' कार्यकर्ता ताली बजाउँथे र नेतालाई हौसाउँथे, 'हो-हो, महान् कुरा गर्नुभयो ।'

उनको भाषण ननस्टप जान्थ्यो, 'साथीहरू हो म यो कुरा तपाइहरुलाई भन्न जरुरी ठान्छु कि जुन सिढीँबाट माथि चढिन्छ, त्यही सिढीँबाट तल पनि ओर्लिइन्छ ।'

कार्यकर्ता दिल खोलेर ताली बजाउँथे र नेताको प्रशंसा गर्थे, 'नेताज्यू, तपाईंजस्तो ज्ञानी मान्छे यस देशमा कोही छैन ।'

ads

Ditulis Oleh : Online Cake Delivery in Kathmandu Hari: 5:08 AM Kategori:

Powered by Blogger.