Sunday, December 2, 2012

Nepali Gazal -आँखाले हेरेर मनको प्यास मेटाऊन सकिन ?


आँखाले हेरेर मनको प्यास मेटाऊन सकिन ।
किन खै रोजेर तिमीलाई भेटाऊन सकिन ।
सोझो मान्छे सोझैकुरा बुझ्नुपर्ने हैन र?
झूठ्ठो कुरा गरेर तिमीलाई पट्याऊन सकिन ।
आकाशको जुनझार्ने सोह्रासिंगारले सजाऊने
मिठोसपना भरेर तिमीलाई लठ्याऊन सकिन ।
अंधेरी रातहरूमा न्यानो अंगालोमा बेर्दै
लुकमारी खेलेर तिमीलाई अत्याऊन सकिन ।
सधैं टाढा बस्नुपर्ने मनमा मृगतृष्णा बोकी
नजिक परेर तिमीलाई कोट्याऊन सकिन ।
सनम गोले
दामन,मकवानपुर हाल मलेशिया

ads
Powered by Blogger.