Thursday, December 6, 2012

Eye n teeth- म दाँतले आँखा छुन सक्छु

होटेलमा कहिल्यै नदेखिएको एउटा मान्छे
छिर्यो। अनी उसले त्यँहाको म्यानेजरलाई
भन्यो,” मसँग बाजी लडाउनुहुन्छ?”
म्यानेजर: कस्तो बाजी?
मान्छे: म दाँतले आँखा छुन सक्छु। १००
रुपैयाँ बाजी थाप्ने?
म्यानेजरले पत्याएन र बाजी थाप्यो। त्यो मान्छे
निकै चलाख रहेछ। उसले नक्कली
दाँत निकालेर आँखा छोएर देखाइदियो।
एकछिन पछी त्यही मान्छे फेरी आयो र
म्यानेजरलाई भन्यो,”अर्को बाजी थाप्नुहुन्छ?”
म्यानेजर: कस्तो बाजी?
मान्छे: म यहाँ बाहिरबाट उ त्यँहा भित्र
राखेको तपाईंको बोटलमा पिसाब गर्दिन सक्छु।
१००० रुपैया बाजी थाप्ने?
म्यानेजरलाई यो चोटि चाँही जित्छु
जस्तो लागेर “हुन्छ” भन्यो । त्यो मान्छेले
सच्चिनै पिसाब गरिदियो तर बोटलमा पुर्याउन
सकेन।
म्यानेजर: हा हा हा खोइ ल्याउनुस् हजार।
मान्छे: लिनुस्! तपाईंलाई धन्यवाद!
म्यानेजर: किन नि?
मान्छे: त्यँहा मेरो टेबलमा पाँच जनासँग
बाजी परेको थियो म होटेल भित्र पिसाब
गर्दिन्छु भनेर....

ads

Ditulis Oleh : Weblink Nepal Hari: 4:46 AM Kategori:

Powered by Blogger.