Monday, October 29, 2012

Tips to Attain Maximum Sexual Pleasure . -सम्भोगलाई बढी आनन्ददायक बनाउन?


सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एक-अर्काको भावना बुझेर सोही मुताबिक भूमिका खेल्न सकियो भने त्यो निकै  आनन्ददायक हुन्छ, तर यौन साथीहरू आ-आफ्नै दुनियाँमा भुल्ने र दुवैले एक-अर्काको भावनाको कदर नगर्ने हो भने त्यसबाट पाउनुपर्ने  सन्तुष्टि प्राप्त हुन सक्दैन, न त यौन साथीबीच भावनात्मक निकटता नै वृद्धि हुन्छ। सम्भोगका बेला महिला र पुरुष दुवैले आफ्नो यौन  साथीको भावना र चाहनाको ख्याल राख्न सक्नुपर्छ। 

यौन साथीको चाहना बुझ्नुपर्छ। उसले कस्तो ड्रेसअप मन पराउँछ तथा कस्तो आसन उसका लागि बढी रुचिकर हुन्छ भन्ने कुरामा ध्यान  पुर्‍याउनुपर्छ। यौन साथीलाई यस्तो मन पर्छ भनेर आफैंले निर्णय गर्नुभन्दा यौन साथीको भावनाअनुरूपको ड्रेसअपका साथै अन्य भूमिका निवार् ह गर्न सकियो भने सहवास अवश्य पनि आनन्ददायक बन्नेछ। 

पाक्क्रीडाका विभिन्न उपाय अवलम्बन गर्ने क्रममा आत्मविश्वास कायम राख्नुपर्छ। मुखमैथुन तथा अन्य प्रक्रियामा त्यसो गर्ने आफू मात्र  नभएको कुरामा ध्यान पुर्‍याउनुपर्छ। 

सम्भोगका आधुनिक शैली तथा आसनका मामिलामा उदार बन्न सकिएन भने यौन साथीको चित्त नबुझ्न सक्छ। त्यसकारण स्वास्थ्यलाई  ख्याल गर्दै बढीभन्दा बढी आनन्द उठाउन विभिन्न उपाय अपनाउनुपर्छ र त्यस्ता उपायमा यौन साथीलाई पर्याप्त सहभागी बनाउनुपर्छ। 

सम्भोगलाई सहज रूपमा लिनुपर्छ, कुनै चलचित्र वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिका रूपमा आफूलाई ढाल्दै रोमाञ्चित बन्नुपर्छ।  सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिको उपाय खोज्नुपर्छ। 

सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोग विधिको प्रयोगका विषयमा यौन साथीसँग पहिले नै खुलस्त कुराकानी गर्नुपर्छ। आफूलाई गर्न  अप्ठेरो लाग्ने कुरा खुलेर भन्नुपर्छ। 

यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै सम्झौता गर्नु हुँदैन र यस्तो मामिलामा मायालु बनेर यौन साथीलाई कुरा बुझाउन सक्नुपर्छ। अझ  भन्नुपर्दा सम्भोग अघि नै केही नियम बनाउनुपर्छ जसका कारण यौन सम्पर्कले मातेका बेला पनि यौन साथी नबिच्कियोस् र सोही कारणले  असमझदारी सिर्जना भै नकारात्मक स्थितिको सिर्जना नहोस्।

ads

Ditulis Oleh : Online Cake Delivery in Kathmandu Hari: 2:50 AM Kategori:

Powered by Blogger.