Monday, October 29, 2012

Nepali Girl Friend not ready for sex - यौन मनोविज्ञान


हाम्रो विवाह भएको ५ वर्ष भयो। हामी दुवै प्रतिष्ठित कम्पनीमा कार्यरत छौं। दुवैको स्टाटस समान छ। घरमा पनि हामी समानताको व्यवहार गर्छौं। यद्यपि जब सेक्सको कुरा आउँछ, कहिल्यै समान हुँदैन। यौनका लागि मैले नै उनलाई आग्रह गर्नुपर्छ। सुरु-सुरुमा त उनले मान खोजेकी हुन् कि भन्ने लाग्थ्यो, अहिले यति माया-प्रीति र हिमचिम हुँदा पनि उनको त्यो बानी गएको छैन। के मेरी श्रीमती यौनमा कमजोर हुन् ? तपाईंको अध्ययनले के भन्छ ? 


तपाईंको यो प्रश्नले नेपाली समाजको महत्वपूर्ण यौन समस्यालाई खोतलेको छ। सकेसम्म यसलाई बुझाउने प्रयास गर्नेछु। 

संसारमा दुई जाति छन्, महिला र पुरुष। यी दुवै मानिस भए पनि उनीहरूको शारीरिक संरचना र कहिलेकाहीँ मानसिक संरचना पनि फरक हुन्छ। एउटै घरमा बराबर अधिकार प्राप्त गरे पनि महिला र पुरुषको स्वभाव भिन्न हुनु यसको प्रमाण हो। जव मानिसको शरीर र मन फरक हुन्छ, यौन स्वभाव फरक हुनु स्वाभाविक हो। 

पुरुषहरू यौनका मामिलामा अलि बढी नै आक्रामक हुन्छन्। प्रक्रियाको प्रारम्भमा उनीहरू बढी उत्साहित हुने र उत्तेजना सेलाएपछि तटस्थ हुने स्वभावका हुन्छन्। यो उनीहरूको नैसर्गिक स्वभाव हो। उनीहरू आफूलाई आकषिर्त गर्ने जे चीज हो, त्यसबाट तत्काल उत्तेजनामा आइहाल्न सक्छन्। पुरुषहरूलाई प्रकृतिले त्यस्तो बरदान दिएको छ, उनीहरू जुनसुकै बेला पनि यौनका लागि तयार हुन सक्छन्। यही बरदानलाई दुरुपयोग गरेकै कारण पुरुषबाट बलात्कार जस्तो अपराध पनि हुनपुग्छ। यसको ठीकविपरीत महिलाहरू यौनका लागि जुनसुकै बेला तयारी अवस्थामा हुँदैनन्। उनीहरूलाई अरूले नै  यौनका लागि  तयार पार्नुपर्छ। जव उनीहरू तयार हुन्छन, उनीहरू साँच्चिकै खुल्छन्। उच्चस्तरको आनन्दमा डुब्न चाहन्छन्। यही शारीरिक एवं मानसिक संरचनाका कारण तपाईंकी श्रीमतीले आफूलाई सेक्सको आवश्यकता छ भनेर नभन्नु भएको हुनुपर्छ। यदि तयार भैसकेपछि पनि उहाँ यौन सम्पर्क गर्न चाहनु हुन्न भने मात्रै त्यो उहाँको कमजोरी हो। तयारी अवस्थामा भने महिलाहरू पनि जुनसुकै आसनमा पनि यौन सम्पर्क गर्न तयार हुन्छन्, त्यसबेला पुरुषलाई जति यौनको आवश्यकता हुन्छ, महिलालाई त्योभन्दा कम हुँदैन। यही कारणले यौन सम्पर्क गर्नुअघि महिलालाई प्रशंसा, माया, स्पर्श, चुम्बन लगायतका पाकक्रिडा (फोर प्ले) आवश्यक परेको हो।

यसो भन्दैमा महिलालाई कहिल्यै यौनको चाहना हुँदैन भन्ने अर्थ लगाउन मिल्दैन।   महिनावारी भएको मध्य समयमा (२८ दिनको चक्र छ भने  १३, १४ र १५ दिनमा) महिलाहरूमा पनि यौन चाहना प्रवल हुन्छ। यो बेला महिलाहरूले यौन संकेतबाटै धेरै कुराहरू बुझिहाल्छन्। धेरै फोर प्लेको आवश्यकता पनि नपर्न सक्छ। यो महिलाका लागि प्रकृतिको उपहार हो भन्नुपर्छ। लामो समय यौन सम्पर्क नभएको अवस्थामा पनि केही महिलालाई यौनको आवश्यकता बढी महसुस हुन्छ। यद्यपि हाम्रो सामाजिक संरचना महिलाले आफूलाई यौनको आवश्यकता परेको मनोभावना पुरुषसमक्ष खुलेर भन्न मिल्ने खालको छैन।  यस्तो कुरा भन्दा उत्ताउली वा हिस्टेरिया भएकी वा यस्तै अन्य आरोप लाग्न सक्छ। यो डरका कारण पनि महिलाहरू यौनका सम्बन्धमा खुल्न सक्दैनन्। यद्यपि अन्तिम सत्यचाहिँ के हो भने पुरुष यौनका लागि २४ सैं घन्टा तयार हुन्छन् भने महिलालाई तयार पार्नुपर्छ।

ads

Ditulis Oleh : Online Cake Delivery in Kathmandu Hari: 2:23 AM Kategori:

Powered by Blogger.