Saturday, August 4, 2012

माया होइन रुपको किनबेच हुन्छ बजारमा


माया होइन रुपको किनबेच हुन्छ बजारमा
तिनै बिक्छन् जो सोच्छन् एक हुँ म हजारमा

लाखौं फूलको बीचमा मालीको प्रिय भएपनि
म फुल्दिन भन्न फुलले कहाँ सक्छ बहारमा

सयौं कोशिस खेर फाल्छन् यहाँ मानिसहरु
तिमी छौ कि आफ्नो बनायौ एकै प्रहारमा

समस्याले हाम्रोबीच नयाँ नयाँ रुप फेरेनि
लाग्दैन दोष हाम्रो यो माया छैन करारमा

ads
Powered by Blogger.